स्वीडेनमा सेक्स प्रतियोगिता हुँदै

काठमाडौं। महिला र पुरुषबीच हुने शारीरिक सम्बन्धलाई स्वीडेनले खेलको रुपमा स्वीकार गर्दै प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्वीडिस सेक्स फेडरेसनको आयोजनामा आउँदो ८ जुनदेखि ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुन लागेको रोयटर्सले जनाएको छ।
प्रतियोगितामा युगल जोडीले मात्र भाग लिन पाउने छन्।
दर्शकहरुकोबीच कम्तिमा ४५ मिनेटदेखि बढीमा एक घण्टासम्म चल्ने यो प्रतियोगिताको विजयी जोडी छान्न यौन विशेषज्ञहरुको निर्णायक मण्डल रहेको फेडरेसनका अधयक्ष ड्रेगन ब्रेटिचले पत्रकारहरुलाई बताएका छन्।
१६ विभिन्न विधामा पुरस्कार प्रदान गरिने प्रतियोगिताको फाइनलमा दर्शकहरुको भोट पनि समेट्ने बताउँदै अध्यक्ष ब्रेटिच ले भने,‘हाम्रो अभियान सेक्सलाई पनि खेलको दर्जा प्रदान गर्नु हो।’
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर