हङकङमा ‘सगरमाथा दिवस’

हङकङमा ‘सगरमाथा दिवस’

हङकङ । सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा हङकङमा विभिन्न कार्यक्रम गरेर ‘सगरमाथा दिवस’ मनाइएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले विभिन्न क्षेत्रको पैदल यात्रा गर्दै दिवस मनाएको हो।

आइतबार वोङ ताई सिनदेखि लोक्फुसम्म पैदल यात्रा गरेर सगरमाथा दिवस मनाएको हो।

पैदल यात्रामा हङकङका विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागी थिए।

अध्यक्ष गोकर्ण ढकालका अनुसार एनआरएनएले हङकङमा सन् २०१७ देखि निरन्तर सगरमाथा दिवस मनाउँदै आएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ७० वर्ष पूरा भएको छ। सन् १९५३ मे २९ मा दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ।