एनआरएनको लगानीमा प्रसिद्ध अन्तर्राष्ट्रिय ‘बेलाको ब्राण्ड’ नेपाली बजारमा

काठमाडौं। प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बेलाको कम्पनीका सामग्री नेपाली बजारमा भित्रिएका छन्।
आइकेबीएच गुरुपले बेलाको ब्रान्डका विभिन्न २८ किसिमका घर तथा भान्छामा प्रयोग हुने उपकरण र विद्युतीय सामग्री लन्च गरेको हो।
बेलायती बाण्ड बेलाको गैरआवासीय नेपालीको लगानीमा सञ्चालित कम्पनी हो। कम्पनीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा संयोजक अब्दुल वासिदको लगानी छ।
आईकेबीएच गुरूप प्रालीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाईसेन्स नेपाली बजारमा भित्रिएको जानकारी गराएको हो।
यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतारको बजारमा चर्चित छन्। आइतबारदेखि कम्पनीले नेपालमा आफ्नो विक्रि सुरु गरेको हो।
कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि विस्तार गर्ने लक्ष्य राखेको छ।
बेलाको ब्राण्डले आफनो गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने दावी गरेको छ।
आफ्नो उत्पादन ग्राहकको प्रमुख रोजाई बन्दै गइरहेको कम्पनीले जनाएको छ।
आईकेबीएच प्रालीका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाकाको ब्राण्डका सामान र उपकरणको शुभारम्भ गरेका हुन्।
‘नेपाल अहिले आर्थिक संकटमा गु ज्रिरहेको छ । तर,यही बेला हामीले बेलायतको चर्चित बेलाको ब्राण्ड नेपालमा भित्राएका छौँ,’ उनले भने, ‘यसबाट रोजगारीको अवसर सिर्जना गर्नुको साथै नेपालको अर्थतन्त्रमा पनि केही हदसम्म सेवा पुर्याउने आशा गरेका छौँ।’
यस ब्राण्ड अन्तर्गत टेलिभिजन, फ्रिज, वाशिङ मेशिन, मिक्सचर, आइरन, राइस कुकर, ग्यास चुलोलगायतका विभिन्न उपकरणहरु नेपाली बजारमा उपलब्ध छन्।
सो अवसरमा बेलाको ब्राण्डको ब्राण्ड एम्बासडरमा चर्चित नायक प्रदिप खडकालाई अनुवन्धन गरिएको पनि जानकारी दिइएको थियाे।
प्रमुख कार्यकारी निर्देशक वाशिदले हजारौ नेपाली वैदेशिक रोजगारीका लागि विदेश गइरहेको परिप्रेक्षमा स्वदेशमा केहि गर्ने उद्देश्यले बेलाको ब्राण्ड नेपालमा विस्तार गरेको बताए।
‘एउटा नेपाली युवाले आफ्नै गाँउको नामबाट विदेशी बजारमा सुरु गरेको ब्राण्डलाई विदेशी समूदायले अत्याधिक माया गरेपछि आफ्नै देशमा पनि भित्र्याएको हुँ, यसलाई अन्य मुलुकहरुमा पनि बिस्तार गर्ने तयारी गरिरहेको छु।’
कार्यक्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द) ले गैरआवासीय नेपालीहरुलाई आफु बाहिर रहेपनि स्वदेशको धेरै माया रहेको र स्वदेशमा धेरैभन्दा धेरै लगानी भित्र्याउने इच्छा रहेको बताए।
उनले यसका लागि वातावरण बनाउन र गैरआवासीय नेपालीले राख्दै आएका मागहरु सम्वोधन गर्न सरकारलाई आग्रह गरे।
बेलाको ब्राण्डका प्रोडक्टलाई माया गरिदिन आग्रह गर्दै कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षित गरी बिभिन्न उपहार योजनाहरु पनि ल्याएको जनाएको छ।
जस अन्र्तगत वेलाको ब्राण्डको एउटा प्रोडक्ट (विग होम अप्लाईन्सेस) किन्दा अर्को सित्तैमा पाईने छ । यो योजना जेठ मसान्त सम्म रहेको कम्पनीले जनाएको छ।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
