वर्षाले खेल रद्द भएपछि नेपाल एसीसी कपको फाइनलमा

काठमाडौं। नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ।
किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजा विहीन हुदाँ नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।
जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहदा खेल वर्षाको कारण रोकिन पुगेको थियो। यसअघि पनि रोकिएको खेल पुनः सुरु गरिएको थियो। तर, फेरी खेल मैदानमा भिषण बर्षा पछि पुरै खेल नखेली समुह बिजेता बन्दै नेपाल फाइनलमा पुगेको हो।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धामा उत्रेका थिए। पटक पटक परेको पानीका कारण खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर