आइसिसी क्रिकेट लिग–२ : टस जितेर नेपालले रोज्यो ब्याटिङ

आइसिसी क्रिकेट लिग–२ : टस जितेर नेपालले रोज्यो ब्याटिङ

काठमाडौं। युएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।

दुबइस्थित इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेको नेपालले पहिले ब्याटिङ गर्न लागेको हो।

आजको खेलमा नेपाल युएईविरूद्ध पहिलो जितको खोजीमा हुनेछ।

श्रृंखलाको अघिल्लो खेलमा नेपाल घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको थियो।

लिग–२ को शीर्ष तीनमा पर्न पनि आजको खेलमा जित निकाल्न दुवै टिममाथि दबाब हुनेछ।

लिग–२ को शीर्ष तीनमा पर्ने टिमले जिम्बावेमा हुने १० टिम सम्मलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ।

स्टकल्यान्ड र ओमान शीर्ष दुईमा रहेर क्वालिफायरका लागि आफ्नो स्थान सुनिश्चित गरिसकेको छ। यतिबेला तेस्रो स्थानमा रहेको नामिबियाको भविष्य भने नेपाल र युएईको हातमा छ।

३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ। र, नामिबियालाई पछि पार्न नेपालले बाँकी रहेका सबै पाँच खेल जित्नुपर्ने हुन्छ।

नेपालले आज युएईलाई पराजित गर्न सफल भए नेपालको त्यो सम्भावना कायम रहेनछ। पराजित भए शीर्ष तीनमा रहने नेपालको सम्भावना सकिनेछ र शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउनतर्फ ध्यान केन्द्रित हुनेछ।



No ads found for this position