टर्कीमा शक्तिशाली भूकम्प

टर्कीमा शक्तिशाली भूकम्प

इस्तानबुल। टर्कीको दक्षिणपूर्वी एउटा सहरमा शक्तिशाली भूकम्प गएको छ। सिरियासँग सिमाना गाँसिएको यो क्षेत्रमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेट जाँदा गाजीयान्टाप क्षेत्रमा ७.८ म्याग्निच्यूडको भूकम्प गएको हो।

२० लाखभन्दा धेरै जनसंख्या रहेको यो क्षेत्रमा करिब ५ लाखभन्दा सिरियाली शरणार्थीहरू छन्। समाचारहरूका अनुसार यो भूकम्पको गहिराइ जमिनदेखि १० किलोमिटर मुनि थियो।

राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा त्यो भूकम्पको धक्काले बेस्सरी हल्लाएको थियो। सञ्चारमाध्यमहरूले भूकम्पको केन्द्रविन्दु नजिकमा भवनहरू भत्किएको जनाएका छन्। तर मानवीय क्षतिको विवरणहरू अझै आइसकेको छैनन्।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले भूकम्प प्रभावित क्षेत्रका नागरिकप्रति समवेदना प्रकट गरेका छन् र उनले उद्धार टोलीलाई सक्रिय रूपमा खट्न निर्देशन पनि दिएका छन्।

भूकम्प गएको क्षेत्रमा सरकारले आपतकालीन अवस्था घोषणा गरेको छ।

टर्की विश्वको सबैभन्दा धेरै भूकम्पीय जोखिम भएको भूमि हो।

उत्तर(पश्चिममा सन् १९९९ तिर गएको एउटा शक्तिशाली भूकम्पले १७,००० भन्दा बढी मानिसले ज्यान लिएको थियो।