८२ करोडको चिठ्ठा जितेका रञ्जितकुमार भन्छन्- पैसा पाएँ भन्दैमा काम गर्न छोड्दिनँ

८२ करोडको चिठ्ठा जितेका रञ्जितकुमार भन्छन्- पैसा पाएँ भन्दैमा काम गर्न छोड्दिनँ

म रञ्जितकुमार कुमार पाल हो। कतारमा पहिले हिमाल रेमिटको प्रतिनिधिको रुपमा काम गर्दै आएको थिएँ। सात बर्ष जति भयो यहाँ आएको। अहिले केही दिनयता त्यो कम्पनी छोडेर अर्को एउटा कम्पनीमा काम गर्दैछु।

हिँजो पुरस्कार पाएको अनलाइनबाट हेरेर थाहा पाएँ। पछि विग टिकटको कार्यालय बाट फोन आयो।

म भुइँबाट आएको मान्छे हो। हामी २० जना मिलेर विग टिकट नियमित काट्ने गरेका थियौ। यो १५ महिनादेखि चलिरहेको थियो। यो समूहमा हामी ४ जना नेपाली छौं। अरु बाँकी अरु देशका साथीहरू छन्। उपहार जितेको बारे सुनेर खुसी लागेको छ। टिकट काटेका सबै साथीहरूलाई सुनाईसकें। सबैलाई थाहा छ। सबै जना खुसी छौं।

अब कागजपत्र सबै बुझाएको छु। चिठ्ठा परेको २ करोड ३० लाख दिराम हो। नेपाली करिब करिब ८२ लाखजति हुन आउँछ होला। रकम पाएपछि हामी सबैले बाँड्नेछौं। राम्रो सँग वैधानिक बाटोबाटै नेपाल पठाउँछु। जीवनशैली यस्तै हो। जहाँबाट आएको हो त्यो भुल्ने कुरा भएन, पैसा वैधानिक बाटोबाट नै पठाउँछु। घरमा सबैलाई थाहा छ। परिवारमा बुवा-आमा सबै हुनुहुन्छ।

यति धेरै पैसा पाएँ भनेर जागिर छोडेर नेपाल जाने योजना छैन। म अझै यहाँ काम गर्ने नै छु। मेहनत गर्छु बाँकी दिनमा पनि। उमाकान्त जी अहिले तपाईंले फोन गर्दा पनि म ड्युटीमै छु। हामी भुइँ मान्छे काम प्यारो छ नि! हजुरले थाहा पाएर सोधिखोजी गर्दै फोन गर्नुभयो तपाईंलाई धेरै धेरै धन्यवाद।

(पत्रकार उमाकान्त पाण्डेसँग पालले गरेको कुराकानीमा आधारित)