कतारमा कार्यरत नेपाली युवकले यूएईमा जिते ८२ करोडको चिठ्ठा

कतारमा कार्यरत नेपाली युवकले यूएईमा जिते ८२ करोडको चिठ्ठा

कतारमा रहेका एकजना नेपालीलाई २३ मिलियन दिराम (करिब ८१ करोड ९८ लाख भन्दा धेरै) रकमको चिठ्ठा जितेका छन्।

दुवईको आवुधावीस्थित एउटा ठूलो चिठ्ठा केन्द्रको २४८ औं संस्करणा यो सबैभन्दा धेरै रकमको चिठ्ठा हो।

नेपालबाट रोजगारीका लागि कतार गएका रञ्जित पालले त्यो चिठ्ठा जितेका हुन्। उनले गत जनवरी १६ मा २३२९३६ नम्बरको चिठ्ठा किनेका थिए।

दोहामा कार्यरत उनले चिठ्ठा रकम जितेपछि भनेका छन् ‘म एकदम चकित परेको छु। मलाई आशा छ अब मैले यो रकमबाट नेपाल फर्केर आफ्नै परिवारसँग जीवन बिताउनसक्छु।’

सात वर्षदेखि उनले कतारमा एउटा ‘मनि एक्सचेन्ज’ कम्पनीमा काम गर्दै आएका छन्। उनका पाँच र दश वर्षका दुई छोरा छन्। जीवनमा नसोचेकै सफलता पाएपछि उनीहरू पनि उत्साहित भएका छन्। पालले आफ्ना परिवारलाई पनि यो कुरा सुनाइसकेका छन्।

उनले विगत १५ महिनादेखि आफ्ना साथीहरूसँग मिलेर त्यस्ता ठूला चिठ्ठाहरू किन्दै आएका थिए।

‘मलाई लाग्थ्यो भाग्यले साथ दियो भने कतै सुन, पैसा वा कार पनि परिहाल्छ कि!’ उनले भने ‘तर १५ महिना प्रयास गर्दा यति ठूलो चिठ्ठा पर्‍यो।’

यसअघि गुल्मीका भरत विकले दुवईमा करिब ३५ करोडको चिठ्ठा जितेका थिए।