कतारले १ वर्ष थप्यो ‘हाया कार्ड’को म्याद

कतारले १ वर्ष थप्यो ‘हाया कार्ड’को म्याद

दोहा। कतार सरकारले ‘हाया कार्ड’ को अवधि बढाएको छ।

कतारले विश्वकप विश्वकप हेर्ने दर्शकका लागि ‘हाया कार्ड’को व्यवस्था गरेको थियो।

कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गर्दै ‘हाया कार्ड’ को अवधि १ वर्ष थपेको हो।

अब ‘हाया कार्ड’ भएका विदेशी नागरिकहरू २४ जनवरी २०२४ सम्म कतार प्रवेश गर्न पाउनेछन्। यो बहुप्रवेशी (मल्टिपल) भिसा हो।

कतार प्रवेश गर्न केही प्रक्रिया भने पूरा गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

‘हाया पोर्टल’बाट स्वीकृति प्रदान गरिएको होटल बुकिङ गर्नुपर्नेछ। आफन्त र साथिसँग बस्ने भएमा त्यसको विवरण हाल्नुपर्नेछ।

यस्तै, राहदानीमा कम्तिमा ३ महिना म्याद हुनुपर्नेछ। कतार बस्ने अवधिलाई कभरेज गर्ने स्वास्थ्य बिमा समेत चाहिनेछ।

यसैगरी फर्किने टिकट पनि आवश्यक पर्नेछ।

कतारको आवसीय कार्ड (अकामा) भएका व्यक्तिले भने ‘हाया विथ मी’ व्यवस्था अनुसार तीन जनासम्म आफन्त वा साथीलाई समेत बाेलाउन पाउनेछन्। यी प्रक्रिया सबै निःशुल्क हुने मन्त्रालयले जनाएको छ।