नागरिकता लिँदै रवि लामिछाने

काठमाडौं- ‘अनागरिक’ रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन पहल सुरू गरेका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशबाट ‘अनागरिक’ बनेका लामिछानेले नेपाली नागरिकता प्राप्त गर्न पहल सुरू गरेका हुन्।
उनी नेपाली नागरिकता प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जान लागेका छन्।
स्थानीय प्रशासनसँग समन्वय गरेर लामिछानेले नागरिकता लिने तयारी गरेका हुन्।
बिहान १० बजे नागरिकता प्रमाणपत्रका लागि उनी जिल्ला प्रशासन कार्यालय जाने बताइएको छ।
सर्वोच्चको आदेशले नागरिकता लिने प्रक्रियाबारे केही नबोलेकोले नियमित प्रक्रियाबाटै लामिछानेलाई नागरिकता दिइने बताइएको छ।
प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ।
ताजा अपडेट

विश्वभरका नेपाली सेफ काठमाडौँमा
