जापानमा जहाज डुब्दा ८ जनाको मृत्यु
बेइजिङ। जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउएका छन्।
जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो।
जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाजहरू र विमानहरू, साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेका र १३ जना चालकदलका सदस्यहरुलाई पानीबाट बाहिर निकालिएको थियो।
फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये छ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताएका छन्।
No ads found for this position
ताजा अपडेट
प्रवास खबर
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
प्रवास खबर
कस्ताे छ आजको मौसम ?
प्रवास खबर