युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

वार्सा। युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ। पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम भएको छ जुन, औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो।

नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ। त्यस्तै जर्मनी, फ्रान्स र युक्रेनमा पनि तापक्रम बढ्दो छ। केही दिनअघि, बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए।

उत्तरी अमेरिकाले थप गम्भीर आँधीबेहरीको सामना गरिरहेका बेला युरोपको तापक्रम भने बढ्दो छ। अमेरिकामा केही दिनअघिको घातक हिमपातले ६० भन्दा बढीको मृत्यु भएको थियो।  उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान गरिएको छ भने टेक्सास, ओक्लाहोमा, अर्कान्सास र लुइसियानामा ठूलो आँधीको सम्भावना देखाइएको छ।



No ads found for this position