माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा

माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा

माल्टा। सन् २०२१ सम्ममा माल्टाको निजी परिवारमा बसोबास गर्ने अनुमानित २०.३ प्रतिशत जनसङ्ख्या गरिबी वा सामाजिक बहिष्करणको जोखिममा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२० मा यो सङ्ख्या १९.९ प्रतिशत थियो ।

एनएसओले भनेको छ, “यदि व्यक्तिहरू गरिबीको जोखिममा, गम्भीर भौतिक र सामाजिक रूपमा बञ्चित, वा धेरै कम कामको तीव्रता भएका परिवारहरूमा बाँचिरहेका छन् वा यी अवस्थाहरूमध्ये कम्तिमा एकमा छन् भने उनीहरू गरिबी वा सामाजिक बहिष्करणको जोखिममा छन्।

सन् २०२१ का लागि, राष्ट्रिय समतामूलक आयको ६० प्रतिशतमा निर्धारण गरिएको गरिबीको जोखिमको थ्रेसहोल्ड खश हजार २२२ युरो (१० हजार ७३७ अमेरिकी डलर) गणना गरिएको थियो।

निजी परिवारमा बसोबास गर्ने जनसङ्ख्यामध्ये १६.९ प्रतिशत गरिबीको जोखिममा रहेको अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा अपरिवर्तित रहेको छ।

एनएसओले जनसङ्ख्याको ५.४ प्रतिशत गम्भीर भौतिक र सामाजिक रूपले वञ्चित व्यक्तिहरू रहेका बताएको छ। यदि कुनै ब्यक्तिले जीर्ण फर्निचर र जीर्ण लुगाहरू वा नियमित रूपमा गरिने अवकाश गतिविधिहरू प्रतिस्थापन गर्ने क्षमताजस्ता १३ भौतिक र सामाजिक अभावका वस्तुहरूमध्ये कम्तिमा सात वस्तुहरू किन्न सक्दैनन् भने उनीहरूलाई गरिबी वा सामाजिक बहिष्करणको सूचीमा पर्छन्।

यसले सन् २०२० को तुलनामा ०.३ प्रतिशत बिन्दुको वृद्धिलाई प्रतिनिधित्व गरेको छ। सन् २०२१ मा कम कामको तीव्रता भएका जनसङ्ख्याको हिस्सा ४.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बिन्दुले कम हो।