दक्षिण कोरियामा ७१ हजार बढि कोभिडका नयाँ सङ्क्रमित

सउल। दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ।
कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार तीन १९ पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन्।
दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा २२ हजार तीन सय २७ ले बढेको बताइएको छ। तर यो एक हप्ताअघिको तथ्याङ्क ७२ हजार आठ सय ६० भन्दाकम रहेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ।
नयाँ सङ्क्रमितमध्ये ८४ विदेशबाट आयातित रहेका जनाइएको छ। गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या चार सय ९१ रहेको जनाइएको छ। थप ४१ जनाको मृत्यु पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ३० हजार चार सय ५४ पुगेको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर