फिफा विश्वकप : घानाका लागि  कुदुस मोहम्मदले दोस्रो गोल गरेसँगै दक्षिण कोरिया पछि पर्यो

फिफा विश्वकप : घानाका लागि  कुदुस मोहम्मदले दोस्रो गोल गरेसँगै दक्षिण कोरिया पछि पर्यो

काठमाडौं।  घानाका लागि कुदुस मोहम्मदले दोस्रो गोल गरेसँगै दक्षिण कोरिया पुन: पछि परेको छ। खेलको ६८औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा घानाले ३–२ को अग्रता लिएको हो।

त्यसअघि पहिलो हाफको ३४औं मिनेटमा उनले पहिलो र टोलीका लागि दोस्रो गोल गरेका थिए। घानाका लागि पहिलो गोल २४औं मिनेटमा मोहम्मद सलिसुले गरेका थिए। दोस्रो हाफमा ३ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा फर्किएको कोरिया पुनः पछि परेको छ।