कतार विश्वकप :  फुटबलमा क्यामरुन र सर्वियाबीच ३–३ को बराबरी

कतार विश्वकप :  फुटबलमा क्यामरुन र सर्वियाबीच ३–३ को बराबरी

काठमाडौं। उत्कृष्ट पुनरागमसहित सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ। अल जनुब स्टेडियममा जिन चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो।

पहिलो हाफको इन्जुरी समयको दुई मिनेटअन्तरमा दुई गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लियो। स्ट्रहिन्जा पाभ्लोभिचले र मिलान्कोभिच गोल गरेका थिए।

खेलको५३ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोचिले गोल गरेपछि सर्बिया ३–१ ले अघि बढ्यो। यसपछि ६४ औं मिनेटमा क्यारुनका भिसेन्ट अबुबकारले खेललाई ३–२ को स्थितीमा झारे। दुई मिनेटपछि नै इरिक म्याक्सिम चुपो मोन्टिङले क्यारुनलाई खेलमा ३–३ को अवस्थामा ल्याएका थिए।

समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड समान तीन अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। क्यामरुन र सर्बियाको भने समान एक अंंक छ।

पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार बेहोरेका थिए।  क्यामरुनले अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।