अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ File Photo

काठमाडौं। अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै प्रलोभन देखाएर लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्रेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ललितपुरस्थित सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका–१ घर भई काठमाडौं महानगरपालि–३२ सुविधानगर बस्ने ३० वर्षीया धनकुमारी ओली रहेका छन्।

श्रेष्ठले अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर जागिर लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख सात हजार रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएका थिए।

धनकुमारीले समेत विभिन्न व्यक्तिहरूलाई पोर्चुगलका प्रतिष्ठित होटेलमा जागिर लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएकी थिइन्। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।



No ads found for this position