चीनमा कोभिड बढेसँगै लकडाउन र यात्रा प्रतिबन्ध

चीनमा कोभिड बढेसँगै लकडाउन र यात्रा प्रतिबन्ध

बेइजिङ। चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ। कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ। राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ। तीमध्ये २७ हजार ५१७ जनामा लक्षण देखिएको छैन्। चीनको १.४ बिलियन जनसंख्याको तुलनामा यो संख्या खासै ठूलो होइन। तर, पछिल्ला दिनमा संक्रमण बढेपछि मानिसहरूका दैनिक गतिविधि प्रभावित भएका छन्।

तर बेइजिङको कडा शून्य–कोभिड नीतिअन्तर्गत सानो प्रकोपले पनि सम्पूर्ण शहरहरू बन्द गर्न सक्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन्।

अथक नीतिले महामारीको तेस्रो वर्ष नजिकिँदै जाँदा जनसंख्यामा असन्तुष्टि बढेको छ र  विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा उत्पादकत्वमा असर पारेको छ।