३४ हजार मतान्तरसहित रवी लामिछानेको संसदीय यात्रा सुरु

३४ हजार मतान्तरसहित रवी लामिछानेको संसदीय यात्रा सुरु File Photo

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन्।

बिहीबार बिहान सकिएको मतगणनामा उनी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २६१ र श्रेष्ठले १५ हजार ९९ मत पाए।

एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मै सीमित भए । पोखरेल सोही क्षेत्रका निवर्तमान सांसद हुन्। चितवन २ मा ८४ हजार ३१५ मत खसेको थियो।

सुरुवाती दिनमा तेस्रो स्थानमा रहेका लामिछाने पछि तीव्र मतान्तर हासिल गर्दै विजयी भएका हुन्।

चार महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर निर्वाचनमा होमिएका लामिछानेले ठूलो सफलता हासिल गरेका छन्।

उनको पार्टीले प्रत्यक्षमै नौ सिट जित्ने देखिएको छ। समानुपातिकमा पनि तेस्रो स्थानमा रहेकाले स्वतन्त्र चौथो ठूलो दल बन्ने संकेत देखिएको छ।



No ads found for this position