साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ।

मंगलबार भएको खेलमा साउदी अरेबियासँग २ १ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो।

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो। कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो।

खेलको २८औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन। भीएआरमा उनी अफसाइड देखिएका थिए। तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्‍यो।

खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई ११ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २१ को जित दिलाए।



No ads found for this position