सडकमा छाडा गाइबस्तु छाड्नेलाई ६ महिना जेल सजाय

सडकमा छाडा गाइबस्तु छाड्नेलाई ६ महिना जेल सजाय

नयाँ दिल्ली। भारतको पश्चिमी राज्य गुजरातको एक अदालतले आफ्ना गाईवस्तुलाई सडकमा छाड्ने एक व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ। गाइबस्तुलाई छाडा छोडेको र जनताको ज्यान जोखिममा पारेको अभियोगमा अदालतले प्रकाश जयराम देसाईलाइ दोषी ठहर गरेको हो।

सडकमा छाडा गाइबस्तु छोडिने विभिन्न राज्यमध्ये गुजरात पनि एक हो। सडकमा छोडिने  छाडा गाईवस्तुका कारण यहाँ सवारीलगायतका दुर्घटना हुने गरेका छन्। अपराध बढ्दै गएकाले दोषीलाई सजाय सुनाइएको अदालतले जनाएको छ।

हिन्दुहरूको बाहुल्यता रहेको भारतमा गाई पवित्र जनावर हुन्। गुजरातलगायत १८ राज्यमा तिनीहरूलाई मार्नु गैरकानुनी छ।

सन् २०१७ मा गुजरातले गाईको हत्या गर्नेहरूलाई आजीवन कारावासको सजाय हुने सूचना जारी गरेर गाई संरक्षण कानुनलाई कडा बनायो।