इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प File Photo

बाली। इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ। भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ। भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।