लेवनान अध्यागमनको नियन्त्रणमा गायक प्रमोद खरेल

काठमाडौं। गायक प्रमोद खरेललाई लेवाननको अध्यागमनले नियन्त्रणमा लिएको छ।
सांस्कृतिक कार्यक्रमका लागि साइप्रस जाने क्रममा उनलाई लेवनान अध्यागमनले रोकेको हो। उनीसँगै अर्का कलाकार बादल थापालाई पनि अध्यागमनले रोकेको छ।
राजधानी बेरुतस्थित रफिक हरारी अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले शनिवार राति खरेल र बादलको साइप्रस यात्रा रोकेका हुन्।
गायक खरेल र बादल कतारको दोहाबाट बेरुत हुँदे लार्नाका उडेका थिए। उनीहरुको बेरुतबाट बेलुका ८ : ४५ बजे लार्नाका उड्ने तालिका थियो।
तर, विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारीले उनीहरुलाई उडान अनुमति दिएनन्।
प्रवास खबरलाई स्रोतले दिएको जानकारी अनुसार अध्यागमनका कर्मचारीले उनीहरुको भिसामा शंका गरेका छन्।
त्यसो त आयोजकले उनीहरुलाई काठमाडौंबाट दोहा हुँदै सिधै लार्नाका उडानको व्यवस्था गरेको थियो।
तर, उडानको अन्तिम समयमा काठमाडौं विमानस्थलमा कतार एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि दोहा उडान ‘डिले’ भएको थियो।
जसकारण उनीहरुलाई कतार एयवेजले नै ‘ट्रान्जिट रि–सेड्युल’ गरेर दोहाबाट बेरुत हुँदै लार्नाका उड्ने व्यवस्था मिलाएको थियो।
उनीहरु ‘कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस’ कार्यक्रमका लागि साइप्रस जाँदै थिए। कोष ओभरसिज प्रालि र एस एम इभेन्ट इन्टरटेन्मट एण्ड ट्राभल सोलुशन कार्यक्रमका मुख्य आयोजक हुन्।
कलाकार बेरुतमा रोकिएपछि लिमासोलको ट्रिकिस प्यालेसमा आइतबार हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ।
ताजा अपडेट

‘पढदैँ कमाउँने’ नीति लागु गरिने

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

सरकारी सेवा अब ‘फेसलेस’ बनाइने
