दुबईबाट काठमाडौं आएका एकजना अवैध सुन सहित प्रकाउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छलि लैजान लागेको ६५ ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–४ घर भएका ३१ वर्षीय सुरेश तामाङ छन्। उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका तामाङको गतिविधि शंकास्पद देखिएकोले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर