चिटिक्क दाेहा : नयाँ इतिहास रच्न दौडिरहेको छ, कतार

चिटिक्क दाेहा : नयाँ इतिहास रच्न दौडिरहेको छ, कतार

‘कतार’ अर्थात् खाडीको एउटा सानो देश अनेकौँ विवाद र आलोचनाकाबीच विश्वकप फुटबल—२०२२ आयोजनाको अन्तिम तयारीमा छ।

रंगशालादेखि विविश्वकप फुटबल—२०२२ आयोजनाको मानस्थलसम्म। सडकदेखि गगनचुम्बी भवनसम्म स्टार फुटबल खेलाडीहरू सजिएका छन्।

केहि दिनपछि मरुभूमि प्रायद्वीपमा लाखौं अन्तर्राष्ट्रिय दर्शकहरू भित्रिने छन्। टूर्नामेन्टका लागि दिनरात नभनी दौडिरहेको छ— कतार।

विश्वकप आयोजना गर्ने सबैभन्दा सानो देश कतारले आयोजनाको तयारीका लागि २ सय २९ बिलियन अमेरिकी डलर खर्च गरेको छ।

नयाँ रंगशालादेखि रेलमार्गसम्म। राजमार्गदेखि विमानस्थलसम्म। गगनचुम्बी भवनको छेउछाउमा कैयन होटलदेखि स्वास्थ्य केन्द्र। दोहाको सुरक्षार्थ बाक्लो सुरक्षा संयन्त्र परिचालन गरिएको छ। मरुभूमि प्रायद्वीपमा ‘विश्व–जगत’को नजर खिच्न दिनरात नभनी दौडिरहेको छ– कतार

‘विश्वव्यापी–उत्सव’को उत्साह विश्वभर छाएको छ। लाखौँ फुटबल प्रेमीहरू मध्यपूर्वको मरुभूमितिर उडिरहेका छन्। अनि कतिपय चाहिँ स्वदेशमै बसेर विश्वकपको मजा लिने तयारीमा छन्।

विश्वकपको फिभर बढिरहँदा ‘खाडी संसार’ कतारको बेग्लै रौनक छ। समुन्द्र छेउमा व्यापक चहल–पहल छ। विश्वकप आयोजना गरेर कतारले नयाँ इतिहास रच्दैछ। विश्वकपका दावेदार राष्ट्र उपाधिको दौडमा छन्।

कतारले विश्वकप–२२ का लागि दोहामा अत्याधुनिक संरचना ठड्याएको छ। मानौँ, ऊ विश्वलाई आफ्नो हैसियत प्रदर्शन गर्ने पर्खाइमा छ। पर्खालहरू रंगिएका छन्। दर्जनाैँ फुटबल ‘स्टार’का प्रतिमूर्तिहरू सजिएका छन्। उजाड खाडी रातारात हरियाली सहरको रुपमा निर्माण गरिँदैछ।