कतारमा रहेको नेपाली दूतावास विहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने

कतारमा रहेको नेपाली दूतावास विहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने

काठमाडौं। फिफा विश्वकप २०२२ को तयारीको लागि कतार सरकारले सरकारी कार्यालयहरु खुल्ने समय परिवर्तन गरेको छ।

कतार सरकारले विश्वकप आयोजना हुने अवधिभर सरकारी कार्यालय खुल्ने समय परिवर्तन गरेको दोहास्थित नेपाली दूतावासले जनाएको हो।

सरकारी कार्यालय खुल्ने समय परिवर्तन भएपछि कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका सेवाग्राहीलाई परिवर्तन भएको समय अनुसार सेवा लिन अनुरोध गरेको छ।

‘फिफा विश्वकप २०२२ को तयारीका लागि सरकारी कार्यालयहरु खुल्ने समयमा परिवर्तन गर्ने बारे कतारको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई ध्यानमा राख्दै २०७९ कात्तिक २७ देखि पुस ४ गतेसम्म दूतावास स्थानीय समयअनुसार विहान ७ बजेदेखि ११ बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आगामी पुस ५ गतेदेखि दूतावास पूर्ववत नियमित कार्यालय समयअनुसार खुला रहने विज्ञप्तिमा उल्लेख छ।

May be an image of text