कतार विश्वकप : दर्शकलाई यूएईमा ‘मल्टीपल भिसा’

कतार विश्वकप : दर्शकलाई यूएईमा ‘मल्टीपल भिसा’

दुबई । विश्वकप फुटबल प्रतियोगितमा सहभागि हुने दर्शकलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले बहुप्रवेशी (मल्टीपल इन्ट्री) भिसा दिन सुरु गरेको छ।

फुटबल हेर्न आउने अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गर्दै यूएईले यो भिसाको अवसर ल्याएको हो।

कतारले विश्वकप हेर्न आउने दर्शकलाई ‘हाया कार्ड’ अनिवार्य गरेको छ। यो कार्ड फुटबलको टिकट खरिद गरिसकेपछि मात्र दर्शकले प्राप्त गर्न सक्नेछन्। टिकट लिइसकेपछि अनलाइनबाट ‘हाया कार्ड’को लागि आवेदन दिन पाइनेछ।

‘हाया कार्ड’ का आधारमा यूएईको बहुप्रवेशी भिसा प्राप्त गर्न सकिनेछ। भिसाको शुल्क मात्र एक सय दिराम तोकिएको छ।

१ नोभेम्बरदेखि यूएईले यो भिसा जारी गर्न थालेको छ। यो भिसाको म्याद डिसेम्बरको अन्त्यसम्म हुनेछ।

भिसाबाहक दर्शकहरु हवाइ तथा स्थलमार्गबाट यूएई प्रवेश गर्न पाउनेछन्।