साउदी अरेबियाको प्रधानमन्त्रीमा युवराज मोहम्मद बिन सलमान नियुक्त

साउदी अरेबियाको प्रधानमन्त्रीमा युवराज मोहम्मद बिन सलमान नियुक्त

एजेन्सी,रियाद। साउदी अरेबियाको राजनीतिमा शक्तिशाली पकड रहेका युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। प्रधानमन्त्रीको पद परम्परागत रूपमा राजाको हो। तर, राजाले युवराज बिन सलमानलाई मंगलबार नियुक्त गरेका हुन्। सञ्चार माध्यममा एमबीएसका रुपमा परिचित युवराज ले यसअघि राजा सलमानको नेतृत्वमा उपप्रधानमन्त्री र रक्षामन्त्रीको रुपमा काम गरिसकेका छन्।

उनको स्थानमा उनका कान्छा भाइ खालिद बिन सलमान रक्षा मन्त्री बनेका छन्। यसअघि उनी उपरक्षा मन्त्री थिए।

आधिकारिक साउदी प्रेस एजेन्सीद्वारा प्रकाशित राजा सलमानको शाही आदेशअनुसार, गृह, विदेश र ऊर्जा सहित अन्य महत्वपूर्ण मन्त्रालयका जिम्मवारी सम्हालेका सलमान गत महिना ३७ वर्ष पुगे। सन् २०१७ देखि उनी राजाको रूपमा आफ्नो बुबाको उत्तराधिकारी हुने पहिलो लाइनमा छन्।