सगरमाथा समूह ओमनमा नयाँ नेतृत्व, भिम निरौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति

सगरमाथा समूह ओमनमा नयाँ नेतृत्व, भिम निरौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति

मस्कट। सगरमाथा समूह ओमनमा नयाँ कार्यसमिति चयन भएको छ।

गत शुक्तबार ओमनको बर्कामा सम्पन्न अधिवेशनले भिम निरौलाको नेतृत्वमा निर्विरोध ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

सगरमाथा समूह ओमनमा स्थापित पुरानो नेपाली सामाजिक संस्था हो। यो संस्थामा युवाहरुको बाहुल्यता छ।

अधिवेशनले उपाध्यक्षको जिम्मेवारी गोविन्द्र पोखरेललाई दिएको छ।

यस्तै महासचिवमा रमेश लावती, सचिवमा सुजन शर्मा, कोषाध्यक्षमा भिम थापा र सहकोषाध्यक्षमा राम अयोध्यया दास चयन भएका छन्।

यसैगरी नवराज गुरुङले खेलकुद तथा सांस्कृतिक विभागको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्।

अधिवेशनबाट रुद्र मगर, राजकुमार बिक, कुवेर गहतराज र रोहिज बिके सदस्यमा चुनिएका छन्।

अधिवेशनमा ओमनका लागि नेपाली राजदूत डोरनाथ अर्याल प्रमुख अतिथि थिए। नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई दिँदै राजदूत अर्याललेसधैं सामाजिक कार्यक्रम अग्रसर रहन आग्रह गरे।

अधिवेशनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डिबी क्षेत्री विशेष अतिथि थिए।

यस्तै गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकल झालगायत ओमनमा क्रियासिल अन्य नेपाली संघ–संस्थाका प्रतिनिधिहरुको समेत कार्यक्रममा उपस्थिति थियो।

अधिवेशनमा गत कार्यकालको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

अधिवेशनले नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धतासहित विभिन्न ५ बुँदै घोषणापत्र समेत जारी गरेको छ।

ओमनका पर्यटकलाई नेपाल भम्रणमा पठाउन सहयोग गर्ने, ओमनमा रहेका नेपालीलाई पर्ने समस्यमा सहजीकरण गर्नेलगायतका योजना समूहका छन्।

अधिवेशनसँगै समूहले बनभोज कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा स्थानीय नेपाली कलाकारले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए।

कार्यक्रममा निवर्तमान उपाध्यक्ष लक्ष्मण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।