तीन महिनामा १ लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए

तीन महिनामा १ लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल घुम्न आए

काठमाडौं। बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्।

अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख,जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन्।

सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ।

सोही अवधिमा नेपालबाट १ लाख ६८ हजार ८४७ जना पर्यटक स्वदेश फर्केका छन्।

अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा नेपालबाट सबैभन्दा बढी पर्यटक भारत,अमेरिका,बेलायत,बंगलादेश र अष्ट्रेलियाबाट आएका छन्।

उक्त समयमा भारतबाट ७४ हजार ४६९,अमेरिकाबाट २२ हजार ७४८,बेलायतबाट ८ हजार ६०८,बंगलादेशबाट ७ हजार ६१६ र अष्ट्रेलियाबाट ५ हजार १७६ जना पर्यटक त्रिभुवन अन्तर्राष्टिय विमानस्थल हुँदै नेपाल भित्रिएका थिए।

यस्तै,फ्रान्सबाट २ हजार ८१४,जर्मनीबाट २ हजार ४२३,क्यानडाबाट २ हजार ३७०,चीनबाट १ हजार ७९७,रुसबाट १ हजार ५६६,दक्षिण कोरियाबाट १ हजार २५०,स्पेनबाट १ हजार २८३,नेदरल्याण्ड्सबाट १ हजार २७७,सिंगापुरबाट १ हजार १९३,थाइल्याण्डबाट १ हजार १५१,बेल्जियमबाट १ हजार ७६,जापानबाट १ हजार ५२,इटालीबाट १ हजार ४३,फिलिपिन्सबाट १ हजार ३७,पाकिस्तानबाट ९९५,टर्कीबाट ९३२ र भियतनामबाट ८३७ जना पर्यटक नेपाल भित्रिएका छन्।