भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान रोजगारीमा जाँदै

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान रोजगारीमा जाँदै

काठमाडौं। जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली अब छिट्टै जापान जान पाउने भएका छन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसएसडब्लु प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराएको छ।

यसअघि सन् २०१९ मार्चमा एसएसडब्लु प्रणाली अन्तर्गत नेपालीलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

सो प्रणाली अन्तरगर्त जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो।

 

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डण्ल कार्यसमिति बनेको थियो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य छन्।

त्यस्तै जापान सरकारकोतर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाज्यूको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ।

उनीहरुबीच बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ। उक्त विषयमा विस्कृत विवरण भोलीको बैठकपछि दिइने मन्त्रालयले जनाएको छ।