संयुक्त राष्ट्रसंघका महासचिव एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्ट्रसंघका महासचिव एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्टसङ्घ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लागेको उनका प्रवक्ताले बताएका छन। महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान,मङ्गोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लागेका बताए।

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नेछन। जापानमा उनी हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुने छन। त्यस अवसरमा उनले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। जापानमा रहँदा उनले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने छन। जापानपछि उनी मङ्गोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जाने छन।