अर्घाखाँची सम्पर्क मञ्चको दक्षिण कोरियामा मैत्रीपूण बनभोज

अर्घाखाँची सम्पर्क मञ्चको दक्षिण कोरियामा मैत्रीपूण बनभोज

सौल। अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले मैत्रीपूर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ।

मञ्चले ३० र ३१ जुलाइमा मैत्रीपूर्ण बनभोज कार्यक्रम गरेको अध्यक्ष हिमाल खनालले जानकारी दिए।

सो कार्यक्रममा कोरियालाई कर्यथलो बनाएका अर्घाखाँचीका युवा र अन्य जिल्लाका नेपालीहरुकोे सहभागिता थियो।

रोजगारी, अध्ययन र व्यवसायको सिलसिलमा दक्षिण कोरिया आएका नेपालीलाई संगठित र सहयोग पुर्‍याउने उद्देश्यले सन् २०१० मा संस्थाको स्थापना भएको थियो।

‘प्रवासी भूमिमा हाम्रो एकता अर्घाखाँची जिल्लावासीको प्रतिबद्धता’ भन्ने नारासहित बनभोज कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष टिकाराम पोख्रेलले बताए।

अध्यक्ष खनालको सभापत्विमा सम्पन्न कार्यक्रममा जीवन आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन बाबुराम आचार्यले गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई संस्थाका संरक्षक भरत पाण्डे तथा सल्लाहकारहरुले प्रमाणपत्र प्रदान गरेका थिए।

त्यसैगरी तेक्वान्दो खेलका साउथ एसियन गोल्ड मेडलिस्ट अर्घाखाँचीका खेलाडी कमल श्रेष्ठलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा गणेश थापा, फर्सु पौडेल, किरण बन्जाडे, केशव पोख्रेल, सम्बेग पन्थी लगायतलाई कार्यसमितिको तर्फबाट मनोनयन पत्र हस्तान्तरण गरिएको थियो। मनोनयन पत्र अध्यक्ष खनाल, उपाध्यक्ष पोख्रेल, रुद्र पौडेल र ठाकुर खनालले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।