सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम वंगालका मन्त्री पक्राउ

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम वंगालका मन्त्री पक्राउ

कोलकाता।सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम बंगालका उद्योग तथा वाणिज्य मन्त्री पार्थ चटर्जी पक्राउ परेका छन।राज्यमा शिक्षक भर्ती घोटालासँग सम्बन्धित मुद्दामा भ्रष्टाचार विरोधी निकाय प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो।आफ्ना निकट सहयोगीबाट २० करोड भारु बरामद भएको केही घण्टापछि चटर्जी पक्राउ परेका हुन।

नगद बरामदलाई लिएर प्रहरीले तृणमूल कांग्रेसका नेतासमेत रहेका चटर्जीलाई रातभर सोधपुछ गरेको थियो।तर,अनुसन्धानकर्तालाई उनले सहयोग नगरेकाले उनी शनिबार बिहान पक्राउ परेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन।

‘पार्थ चटर्जीलाई रातभरको सोधपुछ पछि गिरफ्तार गरिएको थियो।सोधपुछको क्रममा चटर्जीले असहजताको गुनासो गरेपछि अनुसन्धानकर्ताहरूले ल्याएका दुई डाक्टरहरूले उनको स्वास्थ्य जाँच गरेका थिए।डाक्टरहरूले अनुमति दिएपछि फेरि सोधपुछ सुरु भयो’,आधिकारिक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ।

हाल,उद्योग र वाणिज्य मन्त्री चटर्जीले घोटालाको समयमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।