श्रममन्त्री भन्छन्- विदेश हाम्रो वाध्यता हो

श्रममन्त्री भन्छन्- विदेश हाम्रो वाध्यता हो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको महत्व अझ बढेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको कार्यशामा बोल्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारको विषय पेचिलो बन्दै गएको बताए।

‘यस क्षेत्रमा विकृति, विसंगति छन्,’ उनले भने,‘यसलाई सहज र सुरक्षित बढाउन सबैको ध्यान जानुपर्छ।’

राज्यले महत्वका साथ लिनुपर्ने र जिम्मेवार भएर वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चित हुनेगरी लाग्नुपर्ने बताए।

राज्य उदार भएर विदेशमा बस्ने नेपालीको अधिकार सुनिश्चित गर्नतर्फ लाग्नुपर्ने उनको भनाइ छ।

विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको ठूलो भूमिका भएपनि उचित सदुपयोग नभएको उनले बताए।

उत्पादन र उद्यमशीलतामा उपयोग नभएको उनले बताए।

‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात भनेजस्तो नहोस्’, कुँवर भन्छन्,‘उत्पादन र उद्यमशीलतामा लगाउन सक्नुपर्छ।’

नेपालमा केही नगर्ने व्यक्ति विदेशमा चलायमान हुने गरेकाले विलासीता सामान ल्याउन रोक लगाउनुपर्ने उनले बताए।

‘खर्च वितरणमुखी भए, उत्पादनमुखी भएनन्, यसले देशलाई योगदान दिदैँन्’ उनले भने।

खाद्य सुरक्षालाई सुनिश्चित हुनेगरी उत्पादनमा ध्यान दिनुपर्ने उनले बताए।

आम्दानीका स्रोत खुम्चिदै गएको र खर्चका स्रोत बढ्दै गएकाले विशेष ध्यान दिनुपर्ने उनले बताए।

‘विदेश हाम्रो लागि वाध्यता हो’, कुँवर भन्छन्,‘संकुचित घेराभित्र राख्न सकिदैँन।’ जोखिम कम गर्नैपर्ने उनले उनको भनाइ छ।

गन्तव्य देशका कानुन पनि अध्ययन गर्दैै श्रमिकका अधिकार सुनिश्चित हुनेगरी लाग्नुपर्ने उनले बताए।

सामाजिक सुरक्षाका मोडेल आत्मसात गर्न सकिने, कुन मोडेल उपयुक्त हुने अध्ययन आवश्यक भएको उनको भनाइ छ। ‘सबै देशको मोडेल अध्ययन गरेर आफ्नै मोडेल तयार गर्न सक्छौं’, उनले भने।

नेपाली विज्ञ, जनशक्तिबाट अध्ययन गर्न सकिने र खर्च पनि जोगिने उनले बताए। हुन्डीबाट आउने प्रक्रिया रोक्न लाग्नुपर्ने उनले बताए।

‘हाम्रै बैंकिङ सेवा दिन सक्छौं’, उनले भने,‘बैंकिङ प्रणाली सुरक्षित गरे र रेमिट्यान्सको भोलब बढ्छ।’

देश बनाउने जिम्मा सबैको भएको मन्त्री कुँवरले बताए। विदेश बसेका नेपाली र स्वदेशमा रहेका नेपाली हातेमालो गरी देश बनाउनुपर्ने उनले जोड दिए।