जोखिमपूर्ण काम गर्ने श्रमिकका माग उच्च प्राथमिकतामा : मन्त्री कुँवर

जोखिमपूर्ण काम गर्ने श्रमिकका माग उच्च प्राथमिकतामा : मन्त्री कुँवर

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा काम गर्ने श्रमिकले उठाएका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएका छन्।

शनिबार नेपाल इलेक्ट्रिसियन संघको कार्यक्रममा बोल्दै उनले इलेक्ट्रिसियन क्षेत्र धेरै जोखिम हुने क्षेत्र भएकाले उनीहरुलाई सम्बोधन हुने गरी काम गर्ने बताए।

उनले आफू सधै श्रमिकको न्यायको पक्षमा भएकाले उनीहरुका समस्या, पीडा र सुरक्षाका लागि काम गर्ने बताए।

यस्तै उनले प्राविधिक सीप बोकेर सधै विद्युतसँग लुकामारी गर्ने जोखिम युक्त काम भएकाले इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने कामदारको हितार्थ काम गर्ने बताए।

इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिहरुको प्रतिष्ठा समाजमा जुन रुपमा पुग्नु पर्ने हो सो नभएको भन्दै उनले समाजले गर्ने व्यवहार परिवर्तनका लागि पनि आफूले पहल गर्ने बताए।

२०६४ सालमा स्थापना भएको संघले स्वदेश तथा विदेशमा काम गर्ने ईलेक्ट्रिसियनलाई सहयोग तथा तालिमको व्यवस्था गर्दै आइरहेको छ।



No ads found for this position