यूएई : ‘अल्होसन एप’मा ‘ग्रीन पास’को अवधि घटाइयो

यूएई : ‘अल्होसन एप’मा ‘ग्रीन पास’को अवधि घटाइयो

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा  ‘अल्होसन एप’मा ‘ग्रीन पास’को अवधि घटाइएको छ।

यसअघि ३० दिनसम्म हुने ‘ग्रीन पास’को अवधि घटाएर १४ दिन कायम गरिएको छ।

अब पूर्ण खोप लगाएका व्यक्तिहरुले कोभिड–१९ पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि १४–दिनसम्म मान्य हुने ग्रीन पास पाउनेछन्।

गएको एक हप्तामा यूएईमा कोभिडका केसहरू दोब्बर भएपछि यो नियम लागू गरिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ताले नयाँ नियम १५ जुन, बुधबारदेखि लागू हुने जानकारी दिएका छन्।

अद्यावधिक नियम शिक्षा क्षेत्रका विद्यार्थी तथा कर्मचारीका लागि भने २० जुन, सोमबारदेखि लागू हुने बताएका छन्।

आबुधाबीमा धेरैजसो सार्वजनिक स्थान तथा आकर्षणहरूमा ग्रीन पास भएकाहरूलाई मात्र प्रवेश अनुमति दिइने बताइएको छ।