वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या उल्लेख्यरुपमा वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ ।
राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पछिल्लो दश महिनामा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो ।
ताजा अपडेट
प्रवास खबर
फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता
प्रवास खबर
औपचारिक रुपमै हट्यो टिकटकमाथिको प्रतिबन्ध
प्रवास खबर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रवास खबर