हङकङस्थित महावाणिज्य दूतावासभित्रै नेपाली हस्तकलाको प्रवर्द्धन

हङकङस्थित महावाणिज्य दूतावासभित्रै नेपाली हस्तकलाको प्रवर्द्धन

हङकङ । हङकङमा नेपाली हस्तकलाको प्रवर्द्धन गरिएको छ। अन्तर्राष्ट्रिय युवा उद्धमी महासंघ हङकङ शाखा र नेपाली महावाणिज्य दूतावासबीचको सहकार्यमा नेपाली हस्तकलाको प्रवर्द्धन गरिएको हो।

हङकङ, मकाउ र चीनलगयातका देशमा नेपाली हस्तकलाका सामग्रीहरुको प्रचार,प्रसार र प्रवर्द्धन गर्ने उद्धेश्यले महावाणिज्य दूतावासको कार्यालयभित्र आकर्षक ढंगले हातबाट निर्मित नमूना राखिएको हो।

निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तर्राष्टिय बजारमा नेपालको पहिचान कायम गर्न नेपाली हस्तकलाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

महावाणिज्य दूतावास परिषरमै नमूना प्रर्दशनी गराउँदा नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउन टेवा पुग्ने अन्तर्राष्ट्रिय युवा उद्धमी महासंघ हङकङका अध्यक्ष आकाश बञ्जराले बताए।

‘एउटा नौलो अभियानको शुरुवात भएको छ,’ बञ्जराले भने। महासंघ विश्वभर छरिएर रहेका नेपाली युवा व्यवासायीहरुको छाता संगठन हो।

अध्यक्ष बञ्जाराको नेतृत्वमा हङकङमा रहेका नेपाली युवा व्यवसायीहरुको आर्थिक उन्नतीमा टेवा पुर्याउने हेतुले नेपालमा एभरेष्ट हिमालय इन्भेष्टमेन्ट नामक कम्पनीको स्थापना गरिएको छ। यो कम्पनीले साना तथा ठूला परियोजनामा लगानी गर्ने तयारी थालेको छ।

बञ्जराले विगत १२ वर्षदेखि नेपाली हस्तकलाका सामाग्री उत्पादन गरी हङकङ,ताइवान, चीन, भियतनाम, युरोप र अमेरिकालगायतका धेरै देशहरुमा निर्यात गरिरहेका छन्।

बञ्जराले महासंघमा आवद्ध युवा व्यवासायी तथा नयाँ व्यवसाय गर्न चाहने युवाहरुका लागि लगानीको वातावरण सिर्जना गर्ने योजनामा छन्।

महावाणिज्य दूतावासको कार्यालयमार्फत नेपाली हस्तकलाका सामाग्रीको प्रवर्द्धनमा एनआरएनए हङकङका अध्यक्ष तथा अन्तर्राष्ट्रिय युवा उद्धमी महासंघका उपाध्यक्ष गोकर्ण ढकाल, हंङकङ नेपाल व्यापार संघका अध्यक्ष प्रकाश पुनलगायतले सहयोग गरेका छन्।

बञ्जराकै नेतृत्वमा महासंघको हङकङ शाखाले सन् २०२२ को अन्त्यसम्म विश्वका ८० राष्ट्रहरुलाई समेटेर नेपाली हस्तकलाको प्रदर्शनी गर्ने तयारीमा जुटेको छ।