गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि…

गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि… सांकेतिक तस्वीर
एजेन्सी,बिहार। पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पर्‍यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे।

बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ति काटिएको छ  भन्ने कसैलाई थाहा भएन।

आक्रोशित गाउँलेले बत्ति नआउने समयलाई  ध्यान दिन थाले । साँझ परेपछि सधै बत्ति जाने गरेको उनीहरू निष्कर्षमा पुगे। एक दिन बिजुली गएको समयमा गणेशपुरका धेरै बासिन्दाहरूले गाउँको गस्ती नै गरे।

गस्ती गर्दै जाँदा तिनीहरू गाउँको विद्यालयको आँगनमा पुगे, जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका प्रेमी र प्रेमिका देखे। ती प्रेमी पेसाले इलेक्ट्रिसियन भएको र आफ्नो सुमधुर प्रेमलाई गोप्य राख्न उनले हरेक दिन साँझ दुई तीन घन्टा विद्युत कटौती गरेका थिए।

आफ्नी प्रेमिकालाई भेट्न चाहेको बेला पूरै बस्तीको बिजुली काटिदिएको स्वीकार गरेपछि ती टेक्निसियनलाई गाउँलेले कुटपिट गरेर सडकमा परेड गराएका थिए । सौभाग्य उनको कथाले सुखद अन्त्य हुन्छ । गोप्य रोमान्सको बारेमा थाहा पाएपछि गाउँका बुढापाकाले उनीहरूलाई विवाह गर्न अनुमति दिएका थिए।