जापानमा अस्ताइन नेपाली महिला

जापानमा अस्ताइन नेपाली महिला सांकेतीक तस्वीर

टोकियो । जापानको राजधानी टोकियोस्थित कोइवामा एक नेपाली महिलाको मृत्यु भएको छ।

रूपन्देहीकी ३६ वर्षीया इशा थापाको क्यान्सरका कारण निधन भएको हो। परिवारसहित जापान बस्दै आएकी थापाको २६ मेमा उपचारकै क्रममा निधन भएको हो।

थापाको जापानको टोक्यो कु कोइवास्थित एदोगावा क्यान्सर हस्पिटलमा केमो थेराईपीद्वारा उपचार भइरहेको थियो।

उनी विगत ६ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन्। उनको एक छोरा छन्।

 

 



No ads found for this position