वैदेशिक रोजगारी सेवा काठमाडौं जस्तै पोखरा र भैरहवाबाट पनि पाइने

काठमाडौं । आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने कामदार पोखरा र भैरहवाबाट पनि जान सक्ने भएका छन्।
सरकारले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगार सम्बन्धी सबै खालका सेवा पोखरा र भैरहवामा समेत उपलब्ध गराइने बताएको हो।
त्यस्तै, नेपाली कामदारको गन्तब्य मुलुकहरुसँग श्रम सम्झौता पुनरावलोकन गरिने सरकारको भनाइ छ । यस्तै नयाँ आकर्षक गन्तव्यको खोजी समेत गरिनेछ।
वैदेशिक रोजगार सुचना प्रणालीलाई स्तरउन्नती गरिने बताइएको छ।
यसैगरी स्थानीय तहमार्फत मनोसामाजिक परामर्श सेवा आवश्यकताअनुसार उपलब्ध गराइनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा निजको परिवारलाई प्रदान गरिने राहत, उद्धार तथा अन्य कल्याणकारी सेवा स्थानीय तहमार्फत थप प्रभावकारी रुपमा उपलब्ध गराइने बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
विश्वभरका नेपाली सेफ काठमाडौँमा

प्रवास खबर