यू-१७ एसिया कपः नेपाल पोट ३ मा

काठमाडौं। एएफसी यू-१७ एसिया कप २०२३ छनोटमा नेपाल पोट ३ मा परेको छ । एएफसीले शुक्रबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा नेपाल पोट ३ मा छ।
पोट ३ मा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान, सिरिया, प्यालेस्टाइन, चाइनिज ताइपेइ, म्यानमार, कतार, टिमोर लिस्टे र सिंगापुर छन्।
बहराइनमा हुने प्रतियोगिताका लागि ‘ड्र’ मे २६ मा मलेसियाको राजधानी क्वालालम्पुरमा एएफसीले जनाएको छ। छनोटमा एसियाका ४४ राष्ट्र सहभागी छन् । एएफसीले शुक्रबारै यू-२० छनोटको ‘ड्र’ पनि सार्वजनिक गरेको छ।
एएफसीले यसअघि हुँदै आएको यू-१६ र यु १९ को स्थानमा यू-१७ र यू-२० एसिया कप आयोजना गर्न लागेको हो । छनोट अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जोर्डन, किर्गिस्तान, ओमान, साउदी अरेबिया, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम गरी १० देशमा आयोजना हुनेछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर