कोरियाबाट खनालको घोषणा–बालेनले जति मतले चुनाव जित्छन् त्यति पैसा आविष्कार केन्द्रलाई

कोरियाबाट खनालको घोषणा–बालेनले जति मतले चुनाव जित्छन् त्यति पैसा आविष्कार केन्द्रलाई

काठमाडौं । रोजगारीको लागि दक्षिण कोरिया पुगेका एक युवकले कामठमाडौँ महानगरपालिकाको मयेर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले जति मतान्तरले चुनाव जित्छन सोही बाराबार रकम महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दिने घोषणा गरेका छन्।

अर्घाखाँची मालारानी– ४ का शालिकराम खनालले बालेनको समर्थनमा शुक्रबार सो घोषणा गरेका हुन्।

‘बालेन साहले काठमाडौँको मेयरमा जति मतान्तरले जित्नुहुन्छ, त्यति रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गर्दछु,’ खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहँदा साहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई झण्डै आधा मतले पछाडि पारेर ‘लिड’ गरिरहेका छन्। उनको अग्रतासँगै यतिबेला सबैतिर उनको चर्चा चलेको छ। उनको यस विषयलाई लिएर अहिले युवामाझ छुट्टै खालको तरङ्ग छाएको छ।

यो समाचार तयार पार्दासम्म बालेनले २६ हजार ६ सय १ मत प्राप्त गरेका छन्। भने उनको प्रतिद्वन्दी एमालेका केशव स्थापितले जम्मा १४ हजार ३ सय ८३ मत प्राप्त गरेका छन्। जुन १२ हजार २ सय ८८ मतान्तर हो।