यूएईद्धारा श्रमिक लक्षित बेरोजगार बीमाकाे घोषणा

यूएईद्धारा श्रमिक लक्षित बेरोजगार बीमाकाे घोषणा

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा बेरोजगार बीमाको घोषणा गरिएको छ।

अचानक आफ्नो रोजगार गुमाउने श्रमिकलाई लक्षित गर्दै बेरोजगार बीमा योजनाको घोषणा गरिएको हो। यो नयाँ बीमा योजनाले कर्मचारी र श्रमिकलाई जागिर गुम्नबाट जोगाउने बताइएको छ।

मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेपछि एक ट्विट गर्दै यूएईका उप–राष्ट्रपतिले बेरोजगारी बीमा योजनाले अकस्मात आफ्नो जागिर गुमाउने बीमा गरिसकेका व्यक्तिलाई सीमित अवधिको लागि नगद रकम प्रदान गर्ने बताएका छन्।

बीमाप्याकेज मार्फत लागू गरिनेछ। सो बीमा योजनामार्फत एक बीमित श्रमिककाे राेजगारी गुम्यो भने उसले अर्को जागिर नपाउँदासम्म निश्चित अवधिको लागि क्षतिपूर्ति दिइनेछ।

‘यसको उद्देश्य यूएईमा श्रम बजारको प्रतिस्पर्धात्मकता बढाउनु, कर्मचारी र श्रमिकहरूको सुरक्षा गर्नु तथा स्थिर कार्य वातावरण स्थापना गर्नु हो,’ यूएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमले ट्वीटरमा उल्लेख गरेका छन्।

तर, शेख मोहम्मदको कार्यालयले यो योजनाको बारेमा थप विवरणहरू भने सार्वजानिक गरेकाे छैन।