रुस र युक्रेनबीच दिनहुँ वार्ता

रुस र युक्रेनबीच दिनहुँ वार्ता

मस्को । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन्।रुसी राष्टपति भ्लादिमिर पुटिनका निकटस्थ समेत जानकारी दिएका छन्।

उनले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै तर ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेण्डाअनुसार वार्ता गरिरहेका छौँ।

युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ। रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ।

जसका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने युक्रेनका संरचनाहरु पनि ध्वस्त भइरहेका छन्। तर वार्ताबाट कुनै निकास भने निस्किएको छैन।

रुस युक्रेन द्धन्द्धबाट जनजीवन अस्तव्यस्त भएको छ। युक्रेनमा रहेका आफ्ना नागरिकलाई प्राय सबै देशहरुले फिर्ता लगिसकेको जनाएका छन्।

रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन्।