अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको तयारी, अर्काे हप्ता मिति घोषणा हुने

क्वालालम्पुर। मलेसियाले कोभिड भाइरसको संक्रमण नियन्त्रणका लागि लगाएको यात्रा प्रतिबन्ध हटाई अन्तर्राष्ट्रिय सीमा खोल्ने तयारी गरेको छ।
स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले यो हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले देशको सीमा पुनः खोल्न स्वीकृति दिएको बताएका हुन्।
खैरीका अनुसार प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले अर्को हप्ता सीमा खोल्ने मिति घोषणा गर्ने छन्।
‘यात्रा र पर्यटन उद्योग अन्तर्गतका व्यवसायलाई यो घोषणा महत्त्वपूर्ण हुनेछ,’ पेतालिङ जयामा मलेसियाको १६ औं राष्ट्रिय मृगौला फाउन्डेसनको वार्षिक डायलासिस सम्मेलन २०२२ को उद्घाटनपछि उनले पत्रकारसँग भने।
घोषणाले एयरलाइन्स, होटल, पर्यटन तथा ट्राभल उद्योगमा संलग्न रहेका सबै व्यवसायीलाई फाइदा पुग्ने उनको भनाइ छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर