एनआरएनएमा चुनावी रौनक : ‘टिम रवीना’द्धारा पत्रकार सम्मेलनको आयोजना

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को रोकिएको निर्वाचन आगामी २१ र २२ मार्चमा हुने निश्चित भएपछि नेतृत्वका आकांक्षीहरुले चुनावी अभियानलाई फेरि तीव्र बनाएका छन्।
यसैबीच आउँदो बिहीवार अध्यक्ष पदका प्रत्यासी रवीना थापाले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन। संघको पछिल्लो घटनाक्रम तथा चुनावमा आफ्नो टिमको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको सोही टिमबाट महासचिव पदका प्रत्यासी रहेका विनय अधिकारीले प्रवास खबरलाई जानकारी दिए।
पत्रकार सम्मेलन ११ बजेदेखि काठमाडौंको महाराजगंजस्थित इन्द्रेणी फुड्ल्याण्डमा आयोजना गरिएको उनले जानकारी दिए।
थापा अमेरिका निवासी हुन्। थापाको संघमा लामो अनुभव छ। यसअघि उनले एनसीसी अमेरिकाको उपाध्यक्ष भएर समेत काम गरेकी थिइन्। यसबाहेक उनी विभिन्न सामाजिक संघ–संस्थामा सल्हाकारको भूमिका छिन।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
