१ सय ५० नेपालीले युक्रेन छाडे, अवस्था बुझ्न अध्यक्ष पन्त पोल्याण्डकाे सिमावर्ती क्षेत्रमा

१ सय ५० नेपालीले युक्रेन छाडे, अवस्था बुझ्न अध्यक्ष पन्त पोल्याण्डकाे सिमावर्ती क्षेत्रमा

काठमाडौं । रुसी सेनाको आक्रमणपछि युक्रेनमा रहेका १ सय ५० नेपाली सुरक्षित हुन छिमेकी देशमा पुगेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार १ सय ५० नेपाली युक्रेनको सीमा पार गरी पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानियामा पुगेका हुन्। यीमध्ये पोल्याण्ड प्रवेश गर्ने नेपालीको संख्या धेरै छ।

युक्रेनमा झण्डै ४ सय नेपाली रहेको एनआरएनएको तथ्याङक छ। युद्ध चर्किएपछि संघले युक्रेनमा रहेका सबै नेपालीलाई सुरक्षाको लागि छिमेकी देशमा जान आग्रह गरेको छ।

अहिले युक्रेनको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । नियमित रुपमा बस तथा ट्रेनहरु चल्न सकेका छैनन्। ट्राफिक जामका कारण नेपालीलाई सीमा पार गर्न कठिनाइ भइरहेको छ।

डा.केसीले सीमा क्षेत्रमा १ दर्जनभन्दा बढी एनआरएनएका स्वयम्सेवक परिचालन गरिएको बताए।

यसैबीच संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको अवस्था बुझ्न आइतबार पोल्यान्डको सिमावर्ति क्षेत्रमा पुगेका छन्। पन्तले हंगेरी र स्लोभाकियाको बोर्डर पनि भम्रण गर्नेछन्।

यो पनि पढ्नुहोस्

युक्रेनका नेपालीलाई अध्यक्ष पन्तको सान्त्वना– नआत्तिनुहोस्, एनआरएनए साथमा छ