यूएई प्रवेशमा पीसीआर रिपोर्ट नचाहिने

यूएई प्रवेशमा पीसीआर रिपोर्ट नचाहिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) भित्रिन अब नेपालीलाई कोभिड परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ। तर, कोभिडविरुद्धको खोप भने लगाएको हुनुपर्नेछ।

यूएईको आपतकालिन, संकट तथा विपद व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरणले बताएअनुसार यूएई प्रवेश गर्ने खोप लगाएका यात्रुले आफ्नो यात्रा अघि पीसीआर परीक्षण पेश गर्नुनपर्ने भएको हो।

पीसीआर रिपोर्टको सट्टामा यात्रुहरूले क्यूआर कोडसहितको स्वीकृत प्राप्त कोभिडविरुद्धको खोप लिएको प्रमाणपत्र पेश गर्नुपर्नेछ।

खोप नलिएका व्यक्तिहरूले आफ्नो यात्राको ४८ घण्टा अगाडि स्वीकृत पीसीआर परीक्षाको नतिजा प्रस्तुत गर्नुपर्नेछ। खोप नलगाएका व्यक्तिहरूले क्यूआर कोड प्रणाली भएको यात्राको मितिदेखि एक महिना भित्र कोभिड संक्रमणबाट निको भएको प्रमाणपत्र पनि पेश गर्न सक्नेछन्र्।

त्यस्तै, यूएईले खुला ठाउँमा मास्क लगाउनु पर्ने नियमलाई ऐच्छिक बनाएको छ। यद्यपि, बन्द क्षेत्रहरूमा भने मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ।

यो पनि पढ्नुहोस्

यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाइयो



No ads found for this position